सीजी मोटर्सद्वारा वीरगन्जमा आधिकारिक ब्रान्ड लञ्च  « Khabarhub

सीजी मोटर्सद्वारा वीरगन्जमा आधिकारिक ब्रान्ड लञ्च 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सीजी मोटर्सले मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्डको विविध गाडीहरु लञ्च गरेको छ। कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको छ ।

उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाललगायतको उपस्थिति थियो ।

यो पहलले वीरगन्जमा ईभी ब्रान्डहरू जस्तै एभाटर, एक्सपेंग, नेटा, आयोन भी, आयोन वाई र रिडारा ल्याएको छ ।

यस्ता छन्  विशेषताहरू  :

●     एक्सपेङ जी६: पाँचतारे एनसीएपी सुरक्षा रेटिङ, स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज।

●     आयोन वाई: १०० किलोवाट मोटर, २२५ एनएम टर्क र ६१.४ केडब्ल्युएच लिथियम आइरन म्यागजिन ब्याट्रीसहित ५००+ किलोमिटर एनईडीसी रेन्ज ।

●     आयोन भी : एलीट र लक्जरी भेरियन्टमा उपलब्ध, क्रमशः ५२० किलोमिटर र ६५० किलोमिटरको उत्कृष्ट रेन्ज। लक्जरी भेरियन्टमा चालक र अगाडिको यात्रुको लागि आठ-पोइन्ट मसाज सिट र इन-बिल्ट फ्रिज उपलब्ध छ।

●     एभाटर ११: चांगान, हुवावे र सीएटीएलको सहकार्यमा विकसित यो प्रिमियम ईभी १९० किलोवाट मोटर, स्न्यापड्रागन ८१५५ प्रोसेसर, २१-इन्च अलोय पाङ्ग्रा, सफ्ट-क्लोज ढोका, पाँच-तरिकाको मसाज, १२-तरिकामा समायोग्य सिट र डुअल ब्लुटुथ कनेक्टिभिटीसहित तीन वटा उच्च-प्रविधिको स्क्रिनले सुसज्जित छ।

●     रिडारा आरडी६: अफ-रोड र सम्पूर्ण भू-भागका लागि  डिजाइन गरिएको यो मोडलमा २२५ मिमी ग्राउन्ड क्लियरेन्स, ३७७ किलोमिटर रेन्ज, ३८४ एनएम टर्क, भी२एल क्षमता, अटोम्याटिक द्वि-जोन एयर कन्डिसनिङ र छ-तरिकामा समायोज्य सिट सुविधा समावेश छन्।

●     नेटा एक्स: १८५ मिमी ग्राउन्ड क्लियरेन्स, ५०० किलोमिटर रेन्ज, भी२एल सुविधा, १५.६ इन्च टचस्क्रिन र छ वटा एयरब्यागसहितको मोडल। यसमा २७७० मिमी ह्वीलबेसले उत्कृष्ट आराम प्रदान गर्दछ भने वायरलेस फोन चार्जिङ, पावर टेलगेट र एडीएएस जस्ता स्मार्ट सुविधाहरू थपिएको छ।

साथै सीजी मोटर्सले सीजि केर्यस सर्भिस एप पनि प्रस्तुत गरेको छ ।  जसले +९७७ ९७०७०९४२०७ हटलाइनमार्फत २४/७ सडक सहायताको सेवा दिन्छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ३१ बजे

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ

बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई