म्यानचेस्टर सिटी र रियल मड्रिड नकआउट प्लेअफमै भिड्ने | Khabarhub Khabarhub

म्यानचेस्टर सिटी र रियल मड्रिड नकआउट प्लेअफमै भिड्ने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली च्याम्पिन्स लिग फुटलबको ड्र शुक्रबार सार्वजनिक भउको छ ।

शुक्रबार भएको ड्रबमोजिम १५ पटकको च्याम्पियन रियल मड्रिड र इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटी नकआउट चरणको प्लेअफमा भिड्ने भएका छन् ।

रियल च्याम्पियन्स लिगको साविक विजेता हो भने सिटीले अघिल्लो सिजन यो उपाधि पहिलो पटक चुमेको थियो । यी दुईको भिडन्तलाई बहुप्रतिक्षित भनिएको छ।

ड्रअनुसार नकआउट चरणको पहिलो लेखको खेल सिटीको घरेलु मैदान एत्तिहादमा फेब्रुअरी ११ या १२ मा हुनेछ ।घरेलु मैदानमा आयोजना गर्नेछ।

यी दुई क्लबबीचको दोस्रो लेग फेब्रुअरी १८ या १९ मा मड्रिडको घरेलु मैदान सान्टियागो ब्रनाबाओमा हुने छ। साविक विजेता रियलले १५ पटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेको छ ।

यी दुई क्लबमध्ये विजेताले अन्तिम १६ मा स्पेनिस क्बल एट्लेटिको मड्रिड या जर्मन क्लब बायर लिभरकुजेनमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छन्।

युईएफएले यसै सिजनदेखि ३६ टोलीको नयाँ लिग सुरु गरेको हो । जसमध्ये तालिकाको शीर्ष ८ का सिधै अन्तिम १६ मा पुगेका छन् ।

तालिकाको नवौँदेखि २४ औँ स्थानसम्म टोलीले दुई लेगको नकआउट प्लेअफमा खेल्ने छन् । यस तालिकामा रियल ११औँ स्थानमा थियो भने सिटी मुश्किलले २२औँ स्थानमा अटाएर प्लेअफ पक्का गरेको हो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ४८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका