म्यानचेस्टर सिटी र रियल मड्रिड नकआउट प्लेअफमै भिड्ने « Khabarhub

म्यानचेस्टर सिटी र रियल मड्रिड नकआउट प्लेअफमै भिड्ने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली च्याम्पिन्स लिग फुटलबको ड्र शुक्रबार सार्वजनिक भउको छ ।

शुक्रबार भएको ड्रबमोजिम १५ पटकको च्याम्पियन रियल मड्रिड र इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटी नकआउट चरणको प्लेअफमा भिड्ने भएका छन् ।

रियल च्याम्पियन्स लिगको साविक विजेता हो भने सिटीले अघिल्लो सिजन यो उपाधि पहिलो पटक चुमेको थियो । यी दुईको भिडन्तलाई बहुप्रतिक्षित भनिएको छ।

ड्रअनुसार नकआउट चरणको पहिलो लेखको खेल सिटीको घरेलु मैदान एत्तिहादमा फेब्रुअरी ११ या १२ मा हुनेछ ।घरेलु मैदानमा आयोजना गर्नेछ।

यी दुई क्लबबीचको दोस्रो लेग फेब्रुअरी १८ या १९ मा मड्रिडको घरेलु मैदान सान्टियागो ब्रनाबाओमा हुने छ। साविक विजेता रियलले १५ पटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेको छ ।

यी दुई क्लबमध्ये विजेताले अन्तिम १६ मा स्पेनिस क्बल एट्लेटिको मड्रिड या जर्मन क्लब बायर लिभरकुजेनमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छन्।

युईएफएले यसै सिजनदेखि ३६ टोलीको नयाँ लिग सुरु गरेको हो । जसमध्ये तालिकाको शीर्ष ८ का सिधै अन्तिम १६ मा पुगेका छन् ।

तालिकाको नवौँदेखि २४ औँ स्थानसम्म टोलीले दुई लेगको नकआउट प्लेअफमा खेल्ने छन् । यस तालिकामा रियल ११औँ स्थानमा थियो भने सिटी मुश्किलले २२औँ स्थानमा अटाएर प्लेअफ पक्का गरेको हो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ४८ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट