धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ  ः  उपराष्ट्रपति « Khabarhub

धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ  ः  उपराष्ट्रपति


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबैखाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताएका छन् ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै उनले मानवता मानिसको मूल धर्म भएकाले यसको संरक्षण आवश्यक रहेको उल्लेख गरेका छन् ।

इस्लाम धर्मावलम्बीले यो पर्व हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्वपूर्ण अनुष्ठान हो । यी अनुष्ठानका माध्यमबाट इस्लाम धर्मावलम्बीहरूले आफ्नो ध्यान र आत्मसंयम वृद्धि गर्ने प्रयास गर्नुले उनीहरूको आध्यात्मिकतालाई थप बलियो बनाउन सघाउने उपराष्ट्रपतिको भनाइ छ ।

‘भाइचारा, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘ईद–उल–फित्र’ ले सबैलाई एकआपसमा मिलेर बस्न सन्देश दिनुको साथै असहाय, गरिब र सहयोगको आवश्यकता रहेकाहरूलाई मद्दत गर्नसमेत उत्प्रेरित गर्दछ । जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न पनि यो पर्वले सिकाउँछ’, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

धर्मले समता, स्वतन्त्रता, बन्धुत्व, न्याय आदिको पृष्ठपोषणमा टेवा पुगेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसले मानिसमा आध्यात्मिक रुपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्नमा सघाउने स्पष्ट पारेका छन् ।

‘ईद–उल–फित्र’ ले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने उनले कामना गरेका छन् । 

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : २२ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण