चार अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण | Khabarhub Khabarhub

चार अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काभ्रे– रोटरी क्लब धुलिखेलले विभिन्न चार वटा अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेको छ ।

धुलिखेलमा आयोजित कार्यक्रममा मिर्गौला रोगीलाई थप सहज बनाउन जर्मन रोटरी भोलेन्टियर डाक्टर ईभीको सहयोगमा ३६ वटा हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरिएको हो । क्लबले धुलिखेल अस्पताललाई १०, शिर मेमोरियल अस्पताललाई १०, बाँकेको कोहलपुरमा रहेको कौशल्या मेमोरियल अस्पताललाई १० र बर्दघाट स्थित शहीद स्मृति अस्पताललाई ६ गरी जम्मा ३६ वटा मेसिन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद तथा उद्योगपति विनोद चौधरीले अन्तर्राष्ट्रिय संस्थाले दिएको यस्ता खाले सहयोग नेपाली जनतासम्म पुर्याउन सरकारी प्रक्रियाले झन्झट भइरहेको बताए । उनले धुलिखेल नगरपालिकाको उदाहरण दिँदै सकारात्मक सोच राख्ने जनप्रतिनिधि भए विकासले गति लिने बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले संस्थाको सामाजिक भावना बृहत भयो भने देशव्यापी काम गर्न सक्ने बताए । उनले धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताउँदै आगामी दिनमा वातावरणमैत्री, छुवाछुत मुक्त र गरिब नभएको शहर बनाउन प्रत्येक घरमा सर्वेक्षणको काम सुरु गरिएको बताए । उनले उक्त सर्वेक्षणबाट नगरवासीको आयस्रोत, खर्च, शिक्षा, स्वास्थ्य सबै थाहा हुने भएकाले उद्यमशीलताका कार्यक्रम ल्याउन सहज हुने प्रस्ट पारे ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका, धुलिखेल अस्पताल र रोटरी क्लब अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापना गर्ने सम्झौता गरिएको छ । त्यस्तै धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्ने सम्झौता पत्रमा समेत हस्ताक्षर गरिएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैँजुले हस्तान्तरण गरिएका हेमोडायलाइसिस मेसिनको मूल्य ५ करोड भन्दा बढी पर्ने जानकारी दिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : २६ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई