समाजवादी मोर्चासँग खुसी देखिएका प्रधानमन्त्री राजावादीमाथि खनिए « Khabarhub

समाजवादी मोर्चासँग खुसी देखिएका प्रधानमन्त्री राजावादीमाथि खनिए


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले गरेको सभाप्रति खुसी व्यक्त गरेका छन् ।

उक्त सभा भव्य भएको बताउँदै उनले सभाबाट संविधान र व्यवस्थाप्रति प्रतिबद्धता जनाइएको भन्दै आयोजकलाई ओलीले धन्यवाद दिएका छन् ।

त्यही दिन काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनको आयोजक को थियो भन्ने थाहा पाउन द्विविधा रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले तीनकुनेमा सभा गर्ने भनेकाहरूले सभा नभई उत्तेजक प्रदर्शन र अराजनीतिक गतिविधि देखाएको पनि बताए ।

‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो’, उनले भने, ‘सरकारलाई खबरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिवद्धता जनायो । शालिन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : ०६ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण