प्रधानमन्त्री चैत १९ मा थाइल्याण्ड जाने, थाई नरेशसँग भेटवार्ता गर्ने « Khabarhub

प्रधानमन्त्री चैत १९ मा थाइल्याण्ड जाने, थाई नरेशसँग भेटवार्ता गर्ने


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए ।

यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकीबाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

उनले थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने भएका छन् । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने तालिका छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : १२ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण