प्रधानमन्त्रीद्वारा आलोकनगर पुगेर कोइरालाको पार्थिव शरीरमा माल्यार्पण « Khabarhub

प्रधानमन्त्रीद्वारा आलोकनगर पुगेर कोइरालाको पार्थिव शरीरमा माल्यार्पण


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर दिवंगत नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्।

२०७८ सालमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको कार्यालय आलोकनगर पुगेर लेखक तथा वाम आन्दोलनका अगुवा नेता कोइरालाको पार्थिक शरीरमा ओलीले श्रद्धान्जली दिए ।

कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् ।

ओलीले श्रद्धाञ्जली अर्पण गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै थिए ।

२०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक ओली समाजवादीको कार्यालय पुगेका हुन् । ओलीले त्यसक्रममा यही शुक्रबार राजावादीले तोडफोड र आगजनी गरेर पुर्‍याएको क्षतिको विवरणबारे पनि जानकारी लिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ५१ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै