रसुवाको दुर्गम बस्ती ग्रे तथा नेसिङमा निःशुल्क स्वास्थ्य शिविर, एक सय पचास स्थानीय लाभान्वित « Khabarhub

रसुवाको दुर्गम बस्ती ग्रे तथा नेसिङमा निःशुल्क स्वास्थ्य शिविर, एक सय पचास स्थानीय लाभान्वित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमाली जिल्ला रसुवाको अति दुर्गम गाउँ ग्रे तथा नेसिङमा पहिलोपटक सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५० जना स्थानीयवासी लाभान्वित भएका छन् ।

दोवु, तेम्वा, फुर्पू आधारभूत अस्पताल गोल्जुङ रसुवाको आयोजनामा सञ्चालन भएको सो स्वास्थ्य शिविरबाट दमका ११, मधुमेहका चार, उच्च रक्तचापका आठ, चारजना गर्भवती महिलासहित पेटसम्बन्धी पीडित स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको डा सरोज श्रेष्ठले जानकारी दिए ।

गत हप्ता ग्रे गाउँमा भएको शिविरमा १०० र नेशिङ गाउँको शिविरमा ५० जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको सो अस्पतालले स्पष्ट गरेको छ । ग्रे गाउँका समाजसेवी दावादोर्चे तामाङका अनुसार स्वास्थ्य उपचार सेवा लिनबाट वञ्चित दुर्गम गाउँका गरिब तथा असहाय जनता लाभान्वित भएको र यस किसिमको निःशल्क स्वास्थ्य शिविर आगामी दिनमा पनि सञ्चालन भइदिएहुन्थ्यो भन्ने अपेक्षा गाउँलेको छ ।

शिविर सञ्चालन गर्ने नेतृत्वकर्ता डा श्रेष्ठले सदरमुकाम धुञ्चेको पश्चिमतर्फ त्रिशूली र भोटेकोशीपारिको विकट बस्ती ग्रे तथा नेसिङ गाउँका बासिन्दाको मागबमोजिम आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ५ : ३८ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको