त्रिचन्द्रका निर्वाचन अधिकृतलाई विद्यार्थीले दले मोसो « Khabarhub

त्रिचन्द्रका निर्वाचन अधिकृतलाई विद्यार्थीले दले मोसो


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गठित निर्वाचन समितिका निर्वाचन अधिकृत डा. अंगदमणि गौतमलाई मोसो दलिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा सोमबार छलफलका लागि बसेको सर्वपक्षीय बैठकमा असन्तुष्ट विद्यार्थीहरूले उनलाई मोसो दलेका हुन् । ती विद्यार्थीले आफू आवद्ध विद्यार्थी संगठनको नाम भने खुलाएनन् ।

निर्वाचन अधिकृत डा. गौतले एकपक्षीय निर्णय गरेपछि मोसो दलिएको एक विद्यार्थी नेताले खबहबलाई जानकारी दिएका छन् । त्रिचन्द्र क्याम्पसमा मंगलबारका लागि निर्वाचन तोकिएको छ ।

निर्वाचन अधिकृत गौतमले चैत १६ गते सूचना जारी गरेर सहज र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न अध्यक्ष पदका उम्मेदवारहरूलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ०२ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६