राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ « Khabarhub

राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाही जिल्ला, चक्रघट्टा गाउँपालिका ८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा ६ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सर्लाही, चक्रघट्टा गाउँपालिका १ का २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वर नगरपालिका ६ का १८ वर्षीय विजय यादव, गोकर्णेश्वर नगरपालिका ६ का १८ वर्षीय करन कुमार महतो रहेका छन् ।

त्यसैगरी, प्रहरीले गोकर्णेश्वर नगरपालिका ५ का २३ वर्षीय जोधन मण्डल, गोकर्णेश्वर नगरपालिका १ का ४५ वर्षीय उत्तम मण्डल र भारत बिहारका २९ वर्षीय सुनिल शर्मालाई पनि पक्राउ गरेको छ ।

२०८१ चैत ११ गतेदेखि हराएका साहको शव गाडेको अवस्थामा फेला परेको थियो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारामा उनको शव चैत १५ गते  माकलबारीको आरके मोटरसाइकल वर्कसपपछाडि गाडिएको अवस्थामा फेला परेको थियो ।

प्रारम्भीक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ०४ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।