ल्हासा–पोखरा नियमित उडान सुरु: हिमालयको जहाज १०७ यात्रुसहित अवतरण « Khabarhub

ल्हासा–पोखरा नियमित उडान सुरु: हिमालयको जहाज १०७ यात्रुसहित अवतरण


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

पोखरा- हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा बीच नियमित व्यावसायिक उडान सुरु गरेको छ ।

चीनको ल्हासाबाट १०७ यात्रु बोकेर आएको जहाज सोमबार दिउँसो १:५५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

ती यात्रुमध्ये ३२ जना चिनियाँ र ७५ जना नेपाली नागरिक थिए। हिमालय एयरलाइन्सले सातामा एउटा उडान गर्ने बताएको छ ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान हुँदै आए पनि, पहिलोपटक हिमालय एयरलाइन्सले नियमित व्यवसायिक उडान सञ्चालन गरेको हो ।

विमान कम्पनीका अनुसार सोमबार आएको जहाज मंगलबार बिहान पुनः ल्हासाका लागि उड्नेछ। साथै, ल्हासा–पोखरा मार्गमा सातामा एक पटक उडान गर्ने तालिका निर्धारण गरिएको छ।

ल्हासाबाट आएका यात्रुलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका थिए।

पोखरा विमानस्थल सञ्चालनमा आएपछि अहिलेसम्म १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन्, तर नियमित उडान हिमालय एयरलाइन्सले पहिलोपटक थालेको हो।

यसैबीच, केही दिन अघि मात्रै छेन्दु–पोखरा चार्टर उडानसमेत सञ्चालनमा आएको छ। चिनियाँ पर्यटकलाई लक्षित गर्दै गरिएको यो उडानले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ। चीनबाट पोखरासम्मको हवाई सम्पर्क विस्तार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने विश्वास गरिएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेबाट सञ्चालनमा आएको हो। कुल २२ अर्ब रुपैयाँ लागतमा बनेको यो विमानस्थललाई नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिएको हो।

तर, निर्माण सम्पन्न भएको डेढ वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभावले विमानस्थलको पूर्ण उपयोग हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान नहुँदा स्थानीय पर्यटन उद्योग, व्यापार, र लगानीमा अपेक्षित गति आउन सकेको छैन।

पर्यटन व्यवसायी, होटल व्यवसायी, र अन्य सेवा क्षेत्रमा असर पुगेको छ भने यात्रुहरूले अन्तर्राष्ट्रिय गन्तव्यमा जान अझै पनि काठमाडौँको भर पर्नुपरेको छ।

ल्हासा–पोखरा नियमित उडान र छेन्दु–पोखरा चार्टर उडान जस्ता पहलहरूले विमानस्थललाई व्यावसायिक रूपमा सक्रिय बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। अब, अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूबाट पनि थप उडानको पहल गर्न आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : १५ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता