दुर्गेश थापाले गाए चलचित्र ‘कर्मा’ को गीत « Khabarhub

दुर्गेश थापाले गाए चलचित्र ‘कर्मा’ को गीत


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् ।

केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ ।

दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ ।

यस्तै, निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ ।

गायक केसीले ‘कर्मा’मार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन् । केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो । यस गीतमा उनकै शब्द, संगीत र स्वर छ ।

युवा पुस्तामाझ सुशान्तको लोभलाग्दो क्रेज छ । हम्मेसि अरूका लागि गीत गाउँदैनन् । उनी आफ्नै च्यानलमा मात्रै गाउँदै आएका छन् । उनका हरेक गीत मिलियन्सभन्दा माथि युट्युबमा भ्युज गएका छन् ।

चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : ४७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्