राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे पाँच विधेयक « Khabarhub

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे पाँच विधेयक


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनले पारित गरेका पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिएको हो ।

प्रमाणीकरण गरिएका विधेयकहरूमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ रहेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : ०७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।