‘सिने ब्रिफ’ : महानायकको कमब्याक– बोकाको भनेर बाख्राको मासु, फिल्म ‘जन्ते बाख्रो’ टिममा ‘भाँडभैलो’ | Khabarhub Khabarhub

‘सिने ब्रिफ’ : महानायकको कमब्याक– बोकाको भनेर बाख्राको मासु, फिल्म ‘जन्ते बाख्रो’ टिममा ‘भाँडभैलो’


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

हेडलाइन :
रेखालाई संयोग पनि कस्तो ? डेब्यू नाटक नै आफ्नै पार्टीको शक्ति प्रदर्शनले पोस्टपोन्ड
स्पेशल प्रिभ्यू गरेपछि रोकियो सहकारी पीडितको मुद्दा उठान गरेको फिल्म ‘महाभोज’को प्रदर्शन
असारमा नेपाली फिल्मको खडेरी, एक शुक्रबार मात्रै नयाँ फिल्म
र, गसिपमा छ फिल्म ‘जन्ते बाख्रो’ टिममा भाडभैलो

विशेष रिपोर्टं :
‘सिने ब्रिफ’को १० औं एपिसोडमा दुई विशेष रिपोर्ट समावेश छन् । २५ वर्ष ठूलो पर्दाको सफल अभियन करिअरपछि नायिका रेखा थापा रङ्गमञ्चको अनुभव लिने तयारीमा छन् ।
रेखाको अभिनय रहने नाटक ‘मीरा’ जेठ १५ बाट मञ्चन हुने बताइएको थियो । तर, सोही दिन उनी सम्बद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन ग¥यो । यही कारण उनको नाटक ‘पोस्टपोन्ड’ भएको छ ।
अहिले रङ्गमञ्चमा भिजेर ठूलो पर्दाको नायिका बन्ने ट्रेन्ड छ । तर, रेखा ठूलो पर्दाका सफल अभिनय करिअरपछि रङ्गमञ्चमा उक्लने निर्णयमा पुगिन् ।
यसबारे हामीले रोचक रिपोर्ट तयार पारेका छौं ।
जेठ १५ को राजनीतिक घटनाक्रमले नै फिल्म ‘महाभोज’को प्रदर्शन रोकिएको छ । यो फिल्मको स्पेसल प्रि–भ्यूमा सञ्चारकर्मी र सहकारी पीडित सहाभागी भएका थिए । यसबारेको विशेष रिपोर्ट पनि ‘सिने ब्रिफ’मा हेर्न सकिन्छ ।
पूरा भिडियोको लिंक : https://www.youtube.com/watch?v=eu_imTCgtC8

राजेशको कमब्याक

केही दिनअघि एउटा समाचार सार्वजनिक भएको थियो– पसलमा बोकाको अण्डकोष झुण्ड्याएर बाख्राको मासु बेच्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, घटना राजेशको कमब्याकसँग मिल्दोजुल्दो देखिएको छ । फिल्म जानकारहरु पनि यसै भन्दै आएका छन् ।

फिल्मको प्रचार राजेश हमाललाई केन्द्र भागमा राखेर गरियो । तर, फिल्ममा नायक राज कटुवाल हाबी छन् । अनि उक्त आरोप लाग्नु स्वभाविक नै हो ।

अब ‘नरसिंहा : अभतार’लाई राजेशको कमब्याक मान्ने हो भने खासै सुखद रहेन । व्यारिक आँकडाले त्यही भन्छ । उनको कमब्याक अझ सशक्त दर्शकले खोजेका थिए । ‘एक्सपेक्टेसन’ र ‘रियालिटी’मा आकाश–पतालको फरक दर्शकहरुले नै भनेका छन् ।

गसिप

‘जन्ते बाख्रा’को प्रदर्शन मिति दुई पटक हेरफेर भएर जेठ २३ लाई नै तोकिएको छ । डेब्यू निर्माता सन्तोष गौतमले फिल्ममा बढी हाबी हुँदा यो अवस्था सिर्जना भएको खबरहबलाई स्रोत जानकारी दिएको छ ।

सन्तोषले फिल्मको काम गर्ने तौरतरिका नबुझेकाले टिम र उनीबीच खटपट सिर्जना भएको छ ।

फिल्ममा जोडिएका व्यक्तिहरुको असन्तुष्टि व्यापक छ । तर, उनीहरु सार्वजनिक स्थानमा ‘हैन सबै ठीक छ’ भनेर बोल्न बाध्य छन् ।

‘जन्ते बाख्रो’ प्रदर्शन मिति नै उदेक लाग्दो गरी हेरफेर भयो । पहिला यस फिल्मको प्रदर्शन मिति जेठ २३ तोकिएको थियो ।

रि यो फिल्म जेठ ९ मा प्रदर्शनमा आउने बताइयो । अहिले फेरि यो फिल्म जेठ २३ मै प्रदर्शनमा आउने बताइएको छ ।

प्रदर्शन मिति हेरफेर हुन सक्छन् । प्राइम डेट उपभोग गर्न मेकरहरुले प्रदर्शन मिति यता उता सार्न सक्छन् । यसलाई ‘स्मार्ट मुभ’ भनिन्छ । तर दुई साता वरपर नै प्रदर्शन मिति हेरेफेर हुन स्मार्ट मुभ होइन र न यसलाई ‘प्रोफसनल मुभ’ नै मान्न सकिन्छ ।

यो निर्माताको एकल जिद्दीले भएको स्रोतले खबरहबलाई बताएको छ । तर, निर्देशक सिमोश सुनुवार भने निर्माताको बचाउ गर्छन् । टिमकै निर्णयले प्रदर्शन मिति हेरफेर भएको दाबी गर्छन् ।

निर्मात सन्तोष गौतम (बायाँतिर) प्रदीप भारद्धाज (बीचमा) र निर्देश सिमोश सुनुवार (दायाँत‍िर)

सोमबार ठमेलमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा उनले निर्माताको बचाउमा बोले, प्रदर्शन मिति हेरफेर गर्दा बजारबाट दबाब आएर भएको हो । एकै क्षेत्रका व्यक्तिहरुको आग्रह मान्न हामी पूरानै मितिमा आउने निर्णयमा पुगेका हो । हामी सबैको सल्लाह हो ।’

यो गम्भीर विषयलाई फिल्मका नायक आशिफ शाह भने ठट्यौली जवाफमै टार्छन् ।

भन्छन्, ‘बाहिर देख्दा भ्याट्ट, स्याट्ट, ढ्याक्क प्रदर्शन मिति हेरफेर भएको जस्तो लाग्छ । हाम्रो मेसेज ग्रुपमा सल्लाह भएरै यो भएको हो ।’

आशिफ यो भनाइ पनि विश्वास गर्न लायक छैन । उनी र अन्य फिल्मर्की फिल्म बुझेका व्यक्त्ति हुन् । उनीहरुले दुई साता वरपर प्रदर्शन मिति दुई पटक हेरफेर गर्ने सल्लाह वा निर्णय लिएर भनेर स्वभाविक रुपमा कसरी विश्वास गर्ने ?

अर्को तर्फ आशिफको असन्तुष्टि फेसबुकमै देखिएको थियो । फिल्ममा शीर्ष भूमिकामा रहँदा पनि पोस्टरमा सहायक कलाकारलाई जति स्थान दिँदा उनले निर्माण टिमलाई व्यङ्ग्य गर्दै स्ट्याटस नै लेखेका थिए ।

पोस्टरसँग असन्तुष्टिबारे प्रश्न गर्दा उनले भने, ‘हैन असन्तुष्टि केही र कोहीसँग छैन । तर, यो स्ट्याट्स राखेपछि निर्देशक र निर्माताले पनि फोन गर्नु भएको थियो । मैले केही भएको छैन भनेको थिएँ ।’

यस फिल्मको ट्रेलर काट्न पनि निर्माता हाबी भएको चर्चा छ । निर्माता हाबी बनेर उनकै लाइनबाट ट्रेलर काटिएको छ रे हो ? भन्ने प्रश्नमा निर्देशक सिमोशको जवाफ भन्छन्, ‘निर्माताको क्रिएटिभिजी उम्लिएको थियो । हामीले व्यालेन्स गरेका हौं ।’

निर्देशकको जवाफले पनि धेरै–थोरै ट्रेलर काट्न निर्माता हाबी भएको अनुमान गर्न सकिन्छ ।

सिमेश पनि कमका भने देखिएका छैनन् । प्रदीप भारद्धाजले लेखेको कमेडी फिल्मलाई लभस्टोरी रुपान्तरण गरेर बनाएका छन् । उनी आफैँ यो विषयमा लेखक प्रदीप रिसाएको विषय मिडियासामु खुलाउँछन् ।

फेरि प्रदीप भारद्धाज निर्देशकले फिल्मको कथा तोडमोड गरेको रिस पत्रकाकारलाई पोख्छन् । लेखेको कथा फरक तरिकाले पर्दामा आउन लाग्दा लेखकलाई कस्तो लाग्छ भनेर प्रश्न गर्दा उनी कडकिन्छन् ।

रिसाउँदै भन्छन्, ‘जस्ताको त्यस्तै सबै कुरा पर्दामा देखाउन त स्क्रिप्ट च्यातेर पर्दामा देखाउनुपर्छ ।’

प्रदीपको पनि असन्तुष्टि राम्रै रहेछ । नभए किन उनी यसरी सञ्चारकर्मीसँग आक्रोशित हुन्थे ?

टिमले सार्वजनिकरुपमा निर्माताको ढाकछोप गरेर व्यवसायिक विशेषता देखाए । तर, निर्मातामा केही समस्या पक्कै छ ।

त्यसै त निर्देशक सिमोशले भनेका होइनन् होला, ‘उहाँको डेब्यू भएर होला अनि क्रिएटिभ व्यक्ति भएर होला, यो गरौं त्यो गरौं भन्नुहुन्थ्यो । तनाव त उहाँले दिनुभएको हो । तर, सरल गरी सम्झाउँदा पनि बुझ्ने मान्छे हो उहाँ ।’

असारमा फिल्मको खडेरी

गत वैशाखका ४ शुक्रबारमा ५ फिल्म प्रदर्शनम आए । ‘ऊनको स्वीटर’ मात्रै व्यापरिक रुपमा सफल भयो ।

जेठको सुरुवात दुई सातामा तीन फिल्म प्रदर्शनमा आए । पठाकहरुलाई दुई फिल्म मात्रै प्रदर्शनमा आएको थाहा हुनसक्छ– ‘नरसिंहा : अभतार’ र ‘के घर के डेरा : घर नम्बर २’ ।

जेठ २ गते दिलीप रायमाझीको ‘हेल्लो काशीराम’ पनि प्रदर्शनमा आएको थियो । तर, हलमा लागेको र उत्रेको धेरैले पत्तै नपाएका मात्र हुन् ।

यो साता जेठ १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘महाभोज’को पोस्पोन्ड भयो । जेठका अब आउने दुई शुक्रबार दुई नयाँ फिल्म ‘जन्ते बाख्रो’ र ‘भाइरल गोख्रे’ प्रदर्शनमा आउँदैछन् । दुवै फिल्ममा नायक सौगात मल्ल छन् ।

यसरी वैशाख र जेठमा हरेक साता जसो फ्रेस फिल्म हलमा लागे । असारका रिलिज डेट भने खाली छन् । असारमा फिल्मको खडेरी नै लागेको जस्तो लागेको देखिन्छ । अहिलेको अवस्थामा फिल्म ‘यो मन त मेरो नेपाली हो’ले असार २७ लाई प्रदर्शन मिति तोकेको छ । बाँकी रिलिज डेट खाली छन् ।

कहिले एकै मितिमा फिल्म चलेर हैरान । कुनै बेला भने यसरी रिलिज डेट फिल्म कुरेर बसेका छन् । यस्तै छ यहाँ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ८ : २१ बजे

मधेसको विकास अब रकेटको गतिमा हुनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको विकास अब वामे

जागरण अभियानबाट गाउँगाउँ, टोलटोल, घरघरमा जुरुक्कै उठ्ने स्थिति देखापरेको छ– प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उत्पीडित

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदविरूद्ध उनको निर्देशनमा प्रहरीद्वारा भएको

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

फेकोफनको स्थापना दिवसमा मेलुङमा वृक्षारोपण 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकामा फेकोफनको स्थापना दिवसको अवसर पारेर वृक्षारोपण