अदालतको निर्णयपछि अमेरिकाबाट पाँच लाख आप्रवासी डिपोर्टको जोखिममा « Khabarhub

अदालतको निर्णयपछि अमेरिकाबाट पाँच लाख आप्रवासी डिपोर्टको जोखिममा


१७ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाको सर्वोच्च अदालतले गरेको निर्णयका कारण त्यहाँ बसोबास गर्ने पाँच लाख भन्दा बढी आप्रवासीको वैधता सङ्कटमा परेको छ। यसअघिका राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागु भएको प्यारोल कार्यक्रम अन्तरत अमेरिका पुगेका आप्रवासीको वैधता सक्ने ट्रम्पको घोषणाले मान्यता पाएको छ।

आफ्नै देशमा आर्थिक र राजनीतिक यातना भोगेकालाई बाइडेनले अमेरिकामा बसोबास गर्नका लागि वैध व्यवस्था मिलाएका थिए। सो कार्यक्रम अन्तरगत क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिका पुगेका पाँच लाख ३० हजार निष्कासन हुने सम्भावना बढेको छ।

प्यारोल कार्यक्रमले अमेरिकामा बस्न र काम गर्नका लागि अर्को दुई वर्षका लागि अनुमति दिएको थियो। अमेरिकी सरकारले गम्भीर मानवीय कारण भन्दै सो अधिकार दिएको थियो।

यसअघि प्रशासनले सो कार्यक्रम स्थगित गर्ने निर्णयको विरुद्धमा सङ्घीय न्यायाधीशले उल्ट्याएका थिए।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ७ : १७ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ