ट्रम्पले बढाए स्टिलको आयात कर | Khabarhub Khabarhub

ट्रम्पले बढाए स्टिलको आयात कर


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने स्टिलमा लगाइने करमा २५ प्रतिशत बाट थप बढाएका छन्। उनले ५० प्रतिशत करको घोषणा गरेका हुन्।

पेनसेल्भिनियामा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। देशमा स्टिलको उत्पादन बढाउनका लागि यो निर्णय गरेको उनको भनाइ छ। युएस स्टिल र जापान स्टिल बिच सहकार्यको निर्णय भएपछि उनले थप १४ अर्ब अमेरिकी डलर स्टिल उत्पादनमा लगानी गर्ने बताएका छन्।

यो साझेदारको सबै विवरण भने बाहिर आइसकेको छैन। उनले स्टिल कम्पनीमा काम गर्ने हरेक कामदारले पाँच हजार अमेरिकी डलर बोनस दिने घोषणा गरेका छन्।

पेनसेल्भिनियाको पिट्सवर्गमा उनले सो घोषणा गरेका हुन्। त्यहाँ अमेरिकाको सबै भन्दा ठुलो स्टिल कम्पनी छ। सो कम्पनी उनले सन् २०१८ मा स्थापना गरेका थिए।

करको बारे अमेरिकाको व्यापार अदालतले गरेको निर्णय उल्ट्याउँदै पुनरावेदन अदालतले ट्रम्प नीतिलाई निरन्तर राख्ने अनुमति दिएपछि उनले यो घोषणा गरेका हुन्।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ८ : ५८ बजे

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले