पानामामा भारतीय सांसद शशी थरुरले भने – भारतले आतंकवाद सहँदैन « Khabarhub

पानामामा भारतीय सांसद शशी थरुरले भने – भारतले आतंकवाद सहँदैन


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको तल्लो सदन लोकसभाका सांसद शशी थरुरले पानामालाई आफ्नो मुलुक आतंकवादका विरुद्धमा अडिग रहेको जानकारी दिएका छन् । भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी अपरेशन सिन्दुर सञ्चालन गरेको विषयमा जानकारी दिन हाल उनीसहित सांसदहरु अमेरिकी महादेशको भ्रमणमा छन् ।

उनले पानामाको संंसदका अध्यक्ष डाना कास्टानेडालाई आतंकवादविरुद्ध आफ्नो मुलुकको अडानबारे जानकारी दिएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले अध्यक्ष कास्टानेडालाई आफ्नो मुलुकले युद्ध नचाहेको पनि जानकारी गराएका छन् ।

उनले युद्ध नचाहेपनि भारतले आतंकवादी गतिविधिलाई सहन गर्न नसक्ने समेत उल्लेख गरेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा २६ जना पर्यटकको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानी भूमिमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको थियो ।

सांसद थरुरसँगको कुराकानीमा अध्यक्ष कान्टानेडाले आतंकवादका विरुद्धमा आफ्नो मुलुकमा कठोर कानुनको प्रबन्ध रहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ३ : ५२ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती