बढ्यो डिजेल र पेट्रोलको मूल्य, लिटरको कति पुग्यो ? « Khabarhub

बढ्यो डिजेल र पेट्रोलको मूल्य, लिटरको कति पुग्यो ?


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर रु २ बढाएको हो ।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिर रु ३ र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४० रुपैयाँ ५० पैसा, एक सय ४२ रुपैयाँ र एक सय ४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय ५९ रुपैयाँ तोकिएको छ ।

आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय १८ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय १, पोखरामा सात सय २१ र भैरहवामा सात सय ६ तोकेको छ ।

इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ९ : ४७ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले