सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री « Khabarhub

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।

नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गरेका छन् ।

उनले पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको उल्लेख गर्दै पूर्वजहरूले रोपाइँ सकेर साउन १५ (खीर खाने) पर्वको सुरुवात गरेको स्मरण गरेका छन् ।

उनले लेखेका छन्– ‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ । जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ !, सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ७ : ०० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२