कागतीले बजार नपाउँदा किसान निराश | Khabarhub Khabarhub

कागतीले बजार नपाउँदा किसान निराश


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको देवघाट गाउँपालिका– २ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन् । व्यावसायिक कागतीखेतीमा लागेका उनले आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गरे ।

मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए  ।  मल्लले भने, ‘बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।’

स्थानीयस्तरमा बजार नपाएपछि काठमाडौंस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनको भनाइ छ । गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौं पुग्नुपरेको उनको भनाइ छ ।

‘उत्पादित कागती काठमाडौंसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौंमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु’, उनले भने, ‘गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्दैनथ्यो । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ ।’

उनले ५०० भन्दा बढी कागतीका बोट लगाएका छन् । हावाहुरीले ५० बोटमा क्षति पुगेको उनको भनाइ छ । वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पुर्‍याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ । (रासस)

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ८ : १० बजे

म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक

याङ्गुन– म्यान्माको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतीक्षित डिसेम्बरको

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी

बागमती– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी

गाजा कब्जा गर्न थालेपछि बेलायतका सयौँ व्यवसायीले भने- इजरायलविरुद्ध कठोर कदम चालौँ

लण्डन- बेलायतका ७६२ व्यवसायी नेताहरूले इजरायलविरुद्ध कठोर कदम चाल्न माग

ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशीले आफ्नो परिवारका

‘लिपुलेकबारे भारत र चीनसँग सरकारले गम्भीर वार्ता गर्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अतिक्रमित नेपाली भूभागबारे सरकारले