बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ५८ पैसा र बिक्रीदर १४० रुपियाँ १८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ९४ पैसा र बिक्रीदर १६१ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ४९ पैसा र बिक्रीदर १८७ रुपियाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ०७ पैसा र बिक्रीदर १७३ रुपियाँ ८१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ५८ पैसा र बिक्रीदर ९० रुपियाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ २२ पैसा र बिक्रीदर १०१ रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ २६ पैसा र बिक्रीदर १०८ रुपियाँ ७३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ४४ पैसा र बिक्रीदर १९ रुपियाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ९२ पैसा र बिक्रीदर ३३ रुपियाँ ०६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४५ पैसा र बिक्रीदर १४ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५७ पैसा र बिक्रीदर २१ रुपियाँ ६६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७८ पैसा र बिक्रीदर १७ रुपियाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ९५ पैसा र बिक्रीदर ४५८ रुपियाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ २४ पैसा र बिक्रीदर ३७१ रुपियाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ५४ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०९ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ५ : ३९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद