रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर « Khabarhub

रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्दै यो निर्णय १ अगस्टदेखि लागु हुने बताए।

उनले यसरी कर लगाइएका मित्र राष्ट्र मध्य भारतमा सबै भन्दा धेरै भएको बताएका छन्। सबैले युक्रेनमा मान्छे मर्नेक्रम रोकिएको हेर्न चाहिरहेको समयमा रुससँग भारतले हतियार खरिद गरेकोमा अमेरिकाले भारतप्रति आपत्ति जनाएको हो।

भारतले भने गत वर्ष भएको दुई देशको सन्तुलित व्यापार सम्झौतामा आफू अडिग रहेको जनाएको छ। गएको अप्रिल महिनामा ट्रम्पले भारतीय सामानमा २७ प्रतिशत करको घोषणा गरेका थिए। त्यो निर्णयपछि स्थगित भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसरी कर लगाइएका देशलाई वार्ताका लागि शुक्रबार अन्तिम डेट लाइन तोकेका छन्। भारतीय सरकारकाले ट्रम्पको घोषणाको कार्यान्वयनको बाटोलाई हेरेर मात्र प्रक्रिया दिने जनाएको छ। भारतले इन्टरप्रेनर, किसान तथा साना व्यापारीको सुविधालाई बढी प्राथमिकता दिने बताएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ०४ बजे

हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।