रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर « Khabarhub

रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्दै यो निर्णय १ अगस्टदेखि लागु हुने बताए।

उनले यसरी कर लगाइएका मित्र राष्ट्र मध्य भारतमा सबै भन्दा धेरै भएको बताएका छन्। सबैले युक्रेनमा मान्छे मर्नेक्रम रोकिएको हेर्न चाहिरहेको समयमा रुससँग भारतले हतियार खरिद गरेकोमा अमेरिकाले भारतप्रति आपत्ति जनाएको हो।

भारतले भने गत वर्ष भएको दुई देशको सन्तुलित व्यापार सम्झौतामा आफू अडिग रहेको जनाएको छ। गएको अप्रिल महिनामा ट्रम्पले भारतीय सामानमा २७ प्रतिशत करको घोषणा गरेका थिए। त्यो निर्णयपछि स्थगित भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसरी कर लगाइएका देशलाई वार्ताका लागि शुक्रबार अन्तिम डेट लाइन तोकेका छन्। भारतीय सरकारकाले ट्रम्पको घोषणाको कार्यान्वयनको बाटोलाई हेरेर मात्र प्रक्रिया दिने जनाएको छ। भारतले इन्टरप्रेनर, किसान तथा साना व्यापारीको सुविधालाई बढी प्राथमिकता दिने बताएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ०४ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी