हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशु मरे | Khabarhub Khabarhub

हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशु मरे


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हुम्ला– एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा बढी पशु मरेका छन् । गाउँपालिका– ६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशु मरेका हुन् ।

अचानक पशुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, १५ वटा गाई तथा १४ वटा गोरु मरेको स्थानीय हरिबहादुर शाहीले जानकारी दिए ।

यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशु मरेपछि ठूलो क्षति पुगेको छ ।

अधिकांश पशु जङ्गलतिर खर्क रहेकाले अन्य पशुबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशु अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशु शाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।

यहाँ हिउँदका लागि पशुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लैजाने प्रचलन छ । (रासस)

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ३७ बजे

गाजा कब्जा गर्न थालेपछि बेलायतका सयौँ व्यवसायीले भने- इजरायलविरुद्ध कठोर कदम चालौँ

लण्डन- बेलायतका ७६२ व्यवसायी नेताहरूले इजरायलविरुद्ध कठोर कदम चाल्न माग

ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशीले आफ्नो परिवारका

‘लिपुलेकबारे भारत र चीनसँग सरकारले गम्भीर वार्ता गर्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अतिक्रमित नेपाली भूभागबारे सरकारले

बेनी हाइड्रोपावरले आईपीओ ल्याउने 

काठमाडौं– बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)

लिपुलेकबारे विश्वप्रकाशले सुझाएका ६ कदम

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई भारतद्वारा अतिक्रमित भूमि