‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’ | Khabarhub Khabarhub

‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । 

बिहीबार सो सडकको निरीक्षण पछि उनले काठमाडौं जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए । 

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौँसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्‍याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे । 

निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गरे । 

मन्त्री दाहालले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौँबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बाग्मती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि पनि यो सडक महत्त्वपूर्ण रहेको बताए ।

यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध शीघ्र सम्पन्न गराउन आवश्यक रहेकामा उनले जोड दिए ।

सडक विभागका महानिर्देशक डा विजय जैसीले कुनै पनि ढिलासुस्ती हुन नदिई निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ०८ बजे

एनपीएल आगामी मङ्सिरमा हुने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ : सिइओ गुरूङ

काठमाडौं– कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले

हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफानो चाहन्छौँ : महासचिव पोखरेल

महोत्तरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले महासचिव

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा

धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले

सी जिनपिङ र मोदीको पुत्लामा जुत्ता हान्ने आठ जना माइतीघरमा समातिए (तस्बिरहरू)

काठमाडौं– भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न