आकाशे पानी पुनर्भरणका लागि आवश्यक संरचना बनाउन जोड | Khabarhub Khabarhub

आकाशे पानी पुनर्भरणका लागि आवश्यक संरचना बनाउन जोड


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने बताएका छन् ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा बिहीबार आयोजित वृहत वृक्षरोपण कार्यक्रममा उनले तराई मधेशका जिल्लामा एक सय देखि १५० मिटर गहिराइमा पानीको पर्याप्त स्रोत नभएकाले पनि कम्तिमा पनि दुई सय ५० मिटर गहिराइका  ‘डिपवाटर एक्फर’ मार्फत बोरिङ गरेमा पर्याप्त मात्रामा भूमिगत पानी निकाल्न सकिने बताए ।

समितिका अनुसार दुई सय मिटरसम्मको गहिराइको भूमिगत पानीको सतहलाई ‘स्यालो वाटर एक्फर’ भन्ने गरिन्छ  भने दुई सय ५० मिटरको गहिराइको भूमिगत पानीको सतहलाई ‘डिप वाटर एक्फर’ भन्ने गरिन्छ ।

अध्यक्ष पौडेलले दुई सय ५० मिटर गहिराइको डिप बोरिङको खर्च तुलनात्मक रुपमा बढी भएपनि यस्ता खालका बोरिङ बढी प्रभावकारी हुने दावी गरे । ‘भूमिगत पानीको सतह छिमेकी मुलुक भारत र नेपालको उस्तै खालको छ । २५० मिटरभन्दा गहिराइको पानी भारतको तर्फबाट प्रयोग भइरहेका छन्,’ उनले भने, ‘हाम्रो नेपालको तर्फबाट गरेका छैनौँ । यद्यपि हामीले थोरै मिटरको गहिराइमा पानी खनेर यहाँ भूमिगत पानी छैन भनिरहेका छौँ ।’

अध्यक्ष पौडेलले महानगर लगायतका अन्य निकायले ठूला खालका डिप बोरिङ खन्दा कम्तिमा पनि दुई सय ५० मिटर मुनिबाट बोरिङ खन्ने कामलाई प्रोत्साहन गर्न जरुरी भएको बताए ।

अध्यक्ष पौडेलले तराई–मधेशमा यो वर्ष पानी कम परेर र पानीको उपयोग बढी गरेर पनि यहाँ विगत केही वर्षदेखि पानीको समस्या सिर्जना भएको बताए  ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, खानेपानी/सिँचाईसँग सम्बन्धित सङ्घ–संस्थाले चुरे क्षेत्रभित्र जुनसुकै बेला परेको पानीलाई भूमिगत रुपमा संरक्षण गर्नका लागि विभिन्न खालका पोखरी तथा तालतलैया बनाउन  जरुरी रहेको उनको भनाइ छ ।

समितिका अध्यक्ष पौडेलले सहरी क्षेत्रमा आफ्नो घर वरपर आकाशे पानी पुनर्भरणको लागि आवश्यक संरचना बनाउन पनि जरुरी रहेको बताए ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पनि वीरगञ्ज महानगरमा देखिएको पानीको सङ्कट समाधानका लागि तत्कालीन र दीर्घकालीन योजनाको विषयमा आवश्यक काम गर्दै आइरहेको दावी गरे ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्ज आसपासमा विगत लामो समयदेखि वृक्षरोपण कार्यलाई प्रथामिकतामा राख्दै आइरहेको बताए । (रासस)

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ४१ बजे

गाजा कब्जा गर्न थालेपछि बेलायतका सयौँ व्यवसायीले भने- इजरायलविरुद्ध कठोर कदम चालौँ

लण्डन- बेलायतका ७६२ व्यवसायी नेताहरूले इजरायलविरुद्ध कठोर कदम चाल्न माग

ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशीले आफ्नो परिवारका

‘लिपुलेकबारे भारत र चीनसँग सरकारले गम्भीर वार्ता गर्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अतिक्रमित नेपाली भूभागबारे सरकारले

बेनी हाइड्रोपावरले आईपीओ ल्याउने 

काठमाडौं– बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)

लिपुलेकबारे विश्वप्रकाशले सुझाएका ६ कदम

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई भारतद्वारा अतिक्रमित भूमि