भारतलाई २५ प्रतिशत कर थोपरेकै दिन ट्रम्पले गरे पाकिस्तानसँग तेल उत्खनन सम्झौताको घोषणा « Khabarhub

भारतलाई २५ प्रतिशत कर थोपरेकै दिन ट्रम्पले गरे पाकिस्तानसँग तेल उत्खनन सम्झौताको घोषणा


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत अतिरिक्त कर थोपरेलगत्तै पाकिस्तानसँग ठूलो तेल सम्झौता भएको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हामीले पाकिस्तानसँग एउटा महत्वपूर्ण सम्झौता गरेका छौँ। अब अमेरिका र पाकिस्तान मिलेर त्यहाँका विशाल तेल भण्डारहरूको विकास गर्नेछौँ। एक अमेरिकी तेल कम्पनीलाई साझेदार बनाइनेछ।’

उनले बुधबार मात्रै रसियासँग हतियार किनेको आरोपमा भारतमाथि २५ प्रतिशत कर घोषणा गरेका थिए । ‘शायद एक दिन पाकिस्तानले भारतलाई पनि तेल बेच्नेछ’, उनले भने ।

यो भनाइ ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको केही घण्टापछि आएको हो । भारतले रूसबाट तेल र हतियार खरिद गरिरहेकाले अब अमेरिकाले पनि ट्यारिफसहित ‘पेनाल्टी’ लगाउने बताएका छन् । यो ट्यारिफ १ अगस्तदेखि लागू हुनेछ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, सन् २०२४ को सेप्टेम्बरमा पाकिस्तानको समुन्द्री क्षेत्रमा ठूलो तेल र ग्याँस भण्डार पत्ता लागेको थियो।

यो खोजीमा पाकिस्तानले एक मित्र राष्ट्रको साथमा तीन वर्षसम्म अध्ययन गरेको थियो। प्रारम्भिक रिपोर्टहरूमा यो सम्भावित भण्डार संसारकै चौथो ठूलो हुनसक्छ।

तेल निकाल्न र पूर्वाधार बनाउन ४२ हजार करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । त्यहाँबाट उत्पादन सुरु हुन अझै ४–५ वर्ष लाग्न सक्छ।

पाकिस्तानी अधिकारीहरूले यसलाई ‘ब्लू इकोनोमी’ का लागि ऐतिहासिक अवसर भनेका छन्।

अमेरिकाबाट ट्यारिफ घोषणा भएपछि भारत सरकारले संयमित प्रतिक्रिया दिएको छ। विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी अमेरिकी निर्णयको असरलाई गहिरो रूपमा मूल्याङ्कन गरिरहेका छौं। भारतका आर्थिक हित र अन्तर्राष्ट्रिय व्यापार नीतिलाई संरक्षण गर्न आवश्यक सबै कदम चालिनेछ।’

यसअघि नै पाकिस्तान सरकारले ट्रम्पलाई सन् २०२६ का नोबेल शान्ति पुरस्कारका लागि मनोनयन दिएको छ।

भारत–पाकिस्तानबीच उत्पन्न तनावमा ट्रम्पले निर्णायक कूटनीतिक पहल गरेकाले यो मनोनयन गरिएको हो । उनले दुवै देशसँग संवाद गर्दै युद्धको जोखिम कम गर्न भूमिका खेलेको पाकिस्तानको दाबी छ।

ट्रम्पका पछिल्ला निर्णयहरूले दक्षिण एसियाली भू–राजनीतिमा पुनःसन्तुलनको बहस चर्काएको छ। पाकिस्तानसँगको तेल साझेदारी र भारतमाथिको ट्यारिफ एउटै दिनमा घोषणा गर्नुमा गहिरो रणनीतिक सन्देश रहेको चर्चा अहिले भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  २ : ०७ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र