भायानेटको स्वतन्त्र संचालकमा बैंकर क्षेत्री नियुक्त « Khabarhub

भायानेटको स्वतन्त्र संचालकमा बैंकर क्षेत्री नियुक्त


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले सञ्चालक समितिमा बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । 

क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आबद्ध भएका हुन् ।

क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एशियामा वरिष्ठ पद सम्हालेका थिए । क्षेत्रीले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका छन् । क्षेत्रीले सन् २०२० मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास लिएका हुन् ।

भायानेटले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको अनुभवले कम्पनीलाई सशक्त र दिगो विकास तर्फ लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ३ : ०८ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र