आज २०८२ साल भदौ १५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १५ गते आइतबारको राशिफल


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १५ गते आइतबार। भाद्र शुक्ल पक्षको अष्ठमी तिथि। तदनुसार सन् २०२५ अगष्ट ३१ तारिख। गौरा पर्व मान्ने सम्बन्धित समुदायको बिदा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। विपक्षीमाथि विजय प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। दाजुभाइबाट साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती भए पनि तपाईंको बढुवा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। मूल्यंकन क्षमता बढ्नेछ।

कर्कट : दिन सामान्य छ। तपाईंका विरोधी साथी सक्रिय छन्। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनतले सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।

सिंह : दिन सामान्य छ। बढी तर्क नगर्नु उचित हुन्छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती बढ्नेछ। स्वास्थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सहयात्री साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा गोपनीयको रक्षा गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिलनेछ।

तुला : दिन राम्रो छ। सेवाको अवसर प्राप्त हुनेछ। अग्रजको माया प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारमा भने विवाद हुनेछ।

वृश्चिक : दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। स्वास्थ्यमा समस्या हुनेछ। सामाजिक काममा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको मर्यादा बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। तपाईंले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि मिहिनेत गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। बढी खर्च गर्ने बानीको नियन्त्रण गर्नु फाइदा हुनेछ। स्वास्थ्य र शिक्षाको सुधारले दैनिक काम सहज बन्नेछ। राज्यको सेवामा भए बढुवा मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। पुराना मानिसँगको भेटले नयाँ योजना बन्नेछन्। गुरुको साथ पाएमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा भने संकट आइपर्ने देखिन्छ।

मीन : दिन राम्रो छ। आज गरेको परिश्रमको फल प्राप्त हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ४ : ५५ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका