बन्दीपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन « Khabarhub

बन्दीपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आइतबार अन्तिम दिन हो । भदौ ११ गतेदेखि खुल्ला गरेको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

५ लाख ६६ हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख २९ हजार ४०० कित्ता विदेशमा भएकाका लागि बाँडफाड गरेको छ । १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीलाई र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ ।

बाँकी ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर भने सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तामा आवेदन दिन पाइने छ ।

आयोजनाको जम्मा अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ५० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा