मोदीसँग राष्ट्रपति सीले गरे ५० मिनेट लामो वार्ता, भने : ड्रागन र हात्ती मिलेर अघि बढ्नुपर्छ  « Khabarhub

मोदीसँग राष्ट्रपति सीले गरे ५० मिनेट लामो वार्ता, भने : ड्रागन र हात्ती मिलेर अघि बढ्नुपर्छ 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– सात वर्षपछि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच ५० मिनेट लामो वार्ता भएको छ ।

वार्ताका क्रममा मोदीले भने रसियाको कजानमा धेरै उपयोगी छलफल भएको स्मरण गरे । 

‘गत वर्ष कजानमा हाम्रो धेरै उपयोगी छलफल भएको थियो, जसले हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनायो। सीमा क्षेत्रमा सैनिकहरूको फिर्तापछि शान्ति र स्थिरताको वातावरण बनेको छ’, मोदीले भने, ‘सीमासम्बन्धी मुद्दामा विशेष प्रतिनिधिहरूबीच सम्झौता भएको छ। कैलाश मानसरोवर यात्रा पुनः सुरू भएको छ । दुवै देशबीच सीधा उडान फेरि सञ्चालनमा आएका छन्।’

बैठकमा राष्ट्रपति जिनपिङले प्रधानमन्त्री मोदीसँग भेट्न पाउँदा खुशी भएको बताए । उनले भने– ‘ड्रागन (चीन) र हात्ती (भारत) सँगै आउनुपर्छ ।’

मोदीले जवाफमा भारत-चीन सहकार्यले सबैलाई फाइदा पुग्ने बताएका छन् । ‘भारत र चीनबीचको सहकार्यले २.८ अर्ब जनतालाई फाइदा पुर्‍याउनेछ’, उनले भने, ‘यसले सम्पूर्ण मानव जातिको हितको बाटो खोल्नेछ ।’ उनले आपसी विश्वास र सम्मानको आधारमा सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाए ।

प्रधानमन्त्री मोदीले साङ्घाई सहयोग संगठन (एससीओ) मा चीनको सफल अध्यक्षताका लागि बधाई दिए । चीन भ्रमणका लागि निमन्त्रणा तथा बैठकको अवसर प्रदान गरेकोमा पनि उनले धन्यवाद व्यक्त गरे ।

गलवान झडपपछि पहिलो भ्रमण

प्रधानमन्त्री मोदी शनिबार साँझ दुई दिनको जापान भ्रमणपछि चीन पुगेका हुन् । जुन २०२० मा गलवानमा भएको झडपपछि भारत–चीन सम्बन्ध बिग्रिएको थियो । यो भ्रमणको उद्देश्य दुवै देशबीचको सीमा विवादलाई कम गर्ने पनि रहेको छ ।

मोदी सोमबार थियानचिन शहरमा हुने साङ्घाई सहयोग संगठनको बैठकमा सहभागी हुनेछन्। यसपटक चीनमा इतिहासकै सबैभन्दा ठूलो एससीओ शिखर सम्मेलनको आयोजना हुँदैछ।

यसमा २० भन्दा बढी देश सहभागी भइरहेका छन् । मोदी र पुटिनसँगै मध्य एशिया, मध्यपूर्व, दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका नेताहरू पनि यस सम्मेलनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री मोदीले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दैछन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ०१ बजे

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्