डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो (सूचीसहित) « Khabarhub

डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो (सूचीसहित)


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले सस्तो भएको छ भने आन्तरिकतर्फ प्रयोग हुने हवाई इन्धन प्रतिलिटर १ रुपैयाँले घटेको छ। तर पेट्रोल र एलपी ग्यासको मूल्य भने अपरिवर्तित छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद दरअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा २१ पैसा र हवाई इन्धनमा १ रुपैयाँ ४८ पैसा कम भएपछि निगमले मूल्य समायोजन गरेको हो।

समायोजनसँगै काठमाडौं उपत्यकामा डिजेलको खुद्रा मूल्य प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ। यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्य पनि प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ८ : ४७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित