डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो (सूचीसहित) « Khabarhub

डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो (सूचीसहित)


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले सस्तो भएको छ भने आन्तरिकतर्फ प्रयोग हुने हवाई इन्धन प्रतिलिटर १ रुपैयाँले घटेको छ। तर पेट्रोल र एलपी ग्यासको मूल्य भने अपरिवर्तित छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद दरअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा २१ पैसा र हवाई इन्धनमा १ रुपैयाँ ४८ पैसा कम भएपछि निगमले मूल्य समायोजन गरेको हो।

समायोजनसँगै काठमाडौं उपत्यकामा डिजेलको खुद्रा मूल्य प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ। यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्य पनि प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ८ : ४७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित