भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक « Khabarhub

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै फाइनल प्रवेश गरेको हो। जवाफी ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३४१ रन बनाउँदै अस्ट्रेलियामाथि ९ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको हो।

भारतको जितमा जेमिमा रोडिङग्सको शतकीय पारी महत्त्वपूर्ण रहयो। अविजित जेमिमाले १३४ बलको सामना गर्दै १२७ रन बनाउँदै भारतलाई विश्वकपको फाइनलमा पुर्याएकी हुन्। उत्कृष्ट इनिङ खेलेकी जेमिमा सेमिफाइनलको ‘प्लेयर अफ द म्याच’ बनिन्।

जमिमाको उत्कृष्ट प्रदर्शनसँगै फाइनल पुगेको भारतले आइतबार महिला विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ११ बजे

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर