शेखर पक्षको भेलापछि महामन्त्रीद्वयले बुझाए कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको तालिका « Khabarhub

शेखर पक्षको भेलापछि महामन्त्रीद्वयले बुझाए कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको तालिका


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा.शेखर कोइराला पक्षको भेलापछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न गएका छन्।

शुक्रबार बिहान सम्पर्क कार्यालय विशालनगरमा डा. कोइरालाले आफूपक्षीय भेला गरेर नियमित महाधिवेशनको तालिका बनाएका हुन् ।

उक्त तालिका सर्वसम्मत पास गराउन भन्दै महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कालाई भेटेका हुन् ।

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार नियमित महाधिवेशनका लागि बनाइएको तालिका शुक्रबार बस्ने बैठकमा प्रस्तुत गरिनेछ।

‘हामीले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्छ भनेर कार्यतालिका बनाएका छौँ । त्यो कार्यतालिका आजको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले पारित गर्न महामन्त्रीद्वयले कार्यवाहक सभापतिलाई भेट्नुभएको छ’, उनले खबरहबलाई भने, ‘हामी जसरी पनि यो निर्वाचनअगाडि नै नियमित महाधिवेशन गर्ने पक्षमा छौँ। त्यसैअनुरुप कार्यतालिका बनाएका छौँ ।’

गुरुङका अनुसार यो कार्यतालिका धेरै केन्द्रीय सदस्यहरूको सल्लाह र पदाधिकारीहरूसँगको छलफलबाट बनाइएको हो।

पार्टीभित्रको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीसँग शुक्रबार बिहान छलफल गरे ।

कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग बिहान छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ०९ बजे

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको

ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा