बेँसीसहर–चामे सडक अवरुद्ध « Khabarhub

बेँसीसहर–चामे सडक अवरुद्ध


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ–  केही दिनदेखि परेको वर्षाका कारण लमजुङ/मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । 

यस सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँठाउँमा सडक माथिबाट ढुङ्गाहरू झर्ने क्रम निरन्तर रहेपछि आज दिउँसो २ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले पानी निरन्तर परेपछि सो अक्टोपस झरना पार गरेर कुनै पनि सवारीसाधन चल्नसक्ने अवस्था नरहेको र जगतलगायत विभिन्न स्थानमा सडक माथिबाट ढुङ्गाहरू खसिरहेपछि सवारी सञ्चालन ठप्प भएको बताए । 

सो स्थानमा प्रहरी परिचालन गरिएको र झरनाको पानी कम र ढुङ्गा खस्न रोकिएपछि मात्रै सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ । 

सडक अवरुद्ध भएपछि बीचबाटोमै सवारीसाधन तथा यात्रुहरु रोकिएका छन् । यतिबेला मनाङ घुम्न गएर फर्किने पर्यटकको भीड रहेको भए पनि बाटो अवरुद्ध भएपछि पर्यटकदेखि स्थानीयलाई समस्या भएको छ । 

यस सडकमा दर्जनौँ जिपदेखि अन्य सवारीसाधन सञ्चालन हुँदै आएको छ । पानी निरन्तर रूपमा परिरहेकाले सडक तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ । 

सडकमा यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीयदेखि हिमाली जिल्ला मनाङवासीहरू बढी प्रत्यक्ष मर्कामा पर्ने गरेका छन् । ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : ३५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ