नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी « Khabarhub

नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्नका लागि राखिएको ९९९ रुपैयाँको विशेष जर्सी १३ घण्टामै सकिएको छ ।

‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आगामी नोभेम्बर ७ (शुक्रबार) पोखरा रंगशालाको फुटबल स्टेडियममा आयोजना हुने कन्सर्टका लागि टिमले सुरुका १ हजार समर्थकलाई ९९९ रुपैयाँमै जर्सी दिने घोषणा गरेको थियो ।

बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मै ती सबै जर्सी बिक्री भइसकेको पोखरा एभेन्जर्सले जनाएको छ।

‘पोखरा एभेन्जर्स र नेपथ्यप्रतिको माया र उत्साहले हामी उत्साहित भएका छौं,’ पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने, ‘१३ घण्टामै १ हजार जर्सी बिक्री हुनु पोखराका क्रिकेट समर्थक र संगीतप्रेमी दुवैका लागि गर्वको विषय हो । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं ।’

कन्सर्टमा प्रवेशका लागि टिकट पर्ने छैन। पोखरा एभेन्जर्सको जर्सी खरिद गरेका समर्थकले मात्र कन्सर्टमा सहभागी हुन पाउनेछन् ।

जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने एभेन्जर्सले जनाएको छ । मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : १५ बजे

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित