लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात: पर्यटक उत्साहित « Khabarhub

लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात: पर्यटक उत्साहित


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रसुवा– पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन् ।

दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ । गोसाईंकुण्ड गाउँपालिका–४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबीच रमाइरहेको जानकारी दिए ।

खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खान बस्न कुनै समस्या नभएको लाङटाङ पदमार्गका व्यवसायीले बताएका छन् ।

यसैबीच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङ्टाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ । हिमपातसँगै अत्यधिक चिसो हुने हुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुटजुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

तपस्वी बाबा विजयका अनुसार  समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाईंकुण्ड क्षेत्रमा अहिले छ इञ्च बाक्लो हिमपात भएको भएको छ । 

गोसाईंकुण्ड जाने बाटोमा पर्ने लौरीविनायकसम्म हिमपात भएको र विशेषगरी आन्तरिक तथा धार्मिक  पर्यटकहरू त्यसक्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए ।  

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : २३ बजे

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा