रामकुमारी भन्छिन्- माओ‌वादीसँगको एकतामा जाँदैनौँ, पार्टी पुनर्गठन गर्छौँ « Khabarhub

रामकुमारी भन्छिन्- माओ‌वादीसँगको एकतामा जाँदैनौँ, पार्टी पुनर्गठन गर्छौँ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूहरू एकताविरोधी नभएको बताएकी छन् ।

तीन दिनदेखि जारी तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई लिएर कलह चलिरहेका बेला उनले यस्तो बताएकी हुन ।

उनले अहिलेको अवस्थामा माओवादीसँग हुने एकतामा सहभागी नहुने पनि स्पष्ट पारेकी छन् । आफूहरू वामपन्थी एकता र ध्रुवीकरणको पक्षमा रहेको उनले बताइन्।

पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा चलिरहेका बेला माओवादीसँगको एकताको पक्षमा दुईतिहाइ सहमत भएको जानकारी आएको छ । उता झाँक्री र सम्मानित नेता झलनाथ खनालसहितका नेता एकताको विपक्षमा छन् ।

झाँक्रीले अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै आफूहरूलाई एकताविरोधी नठान्न भनेकी छन् ।

‘हामीलाई एकताविरोधी कित्तामा राख्दै हुनुहुन्छ ? गलत ! एकता भएन भने तपाईं र तपाईंलाई मर्जर गर्नेुपर्नै पार्टीले एकता गर्न नचाहे हुने हो । हामी त वामपन्थी एकता र ध्रुवीकरणको पक्षमा हो’, उनले भनेकी छन्, ‘त्यसका लागि न्यूनतम् शर्त पार्टीको पुनर्गठन, रूपान्तरण र एकता हो।’

उनले माओवादीसँग मात्रै विद्यमान अवस्थामा हुने एकतामा आफूहरू सहभागी नहुने अडान यथावत रहेको बताएकी छन् । ‘हामी माओवादीसँगको एकतामा सहभागी हुँदैनौ मात्र भनेको हो’, उनले भनेकी छन्, ‘तपाईंहरू जो-जो यो एकतामा सहमत हुनुहुन्छ, तपाईंहरूलाई बाधा पार्न चाहन्नौ मात्रै भनेको हो ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : १५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ