छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन « Khabarhub

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ थाई पार्टीले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले आफ्नी नेत्री तथा पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामापछि पूर्वउपअर्थमन्त्री जुलापुन अमोर्नभिवाटलाई नयाँ पार्टी प्रमुखका रूपमा चयन गरेको घोषणा गरेको हो ।

अगस्ट महिनामा कम्बोडियासँगको सीमा विवादसम्बन्धी ‘नैतिक उल्लङ्घन’ को आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएपछि पेटोङटार्नले गत हप्तामात्रै पार्टी नेतृत्व छोड्ने घोषणा गरेकी थिइन् । ३९ वर्षीया पेटोङटार्न पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । राजनीतिक विश्लेषकहरूका अनुसार उनको राजीनामालाई पार्टीले सम्भावित कानूनी विवाद र न्यायिक चुनौतीबाट जोगिने रणनीतिक निर्णयका रूपमा लिएको देखिन्छ ।

यस घटनाले थाइल्यान्डमा सिनावात्रा परिवारको लामो राजनीतिक प्रभाव क्रमशः कमजोर हुँदै गएको सङ्केत गरेको पनि तर्क गरिएको छ । फेउ थाई पार्टीको आधिकारिक फेसबुक पृष्ठमा प्रत्यक्ष प्रसारण गरिएको मतदानपछि ५० वर्षीय जुलापुन अमोर्नभिवाट नयाँ पार्टी प्रमुख निर्वाचित भएको घोषणा गरिएको थियो ।

उत्तरी चियाङ माई प्रान्तका सांसदसमेत रहेका जुलापुनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “पार्टीको नेतृत्व गर्ने अवसर पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दछु । यो जिम्मेवारी दिनुभएकोमा सबै सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।” जुलापुन थाइल्यान्डका अनुभवी राजनीतिज्ञ सोमपोङ अमोर्नभिवाटका छोरा हुन् ।

उनले २०१९ मा उपप्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनी फेउ थाईको अघिल्लो कार्यकालमा समेत पार्टी नेतृत्वको जिम्मेवारीमा रहेका थिए । सन् २०२३ को आम निर्वाचनअघि जुलापुन पार्टीका प्रमुख नीति–नियोजकहरूमध्ये एक थिए । उनले नागरिकलाई १० हजारबाट (झन्डै ३०० अमेरिकी डलर) नगद प्रोत्साहन र क्यासिनो सञ्चालनलाई वैधता दिने प्रस्तावहरू अघि सारेका थिए, जसले मतदातामाझ पार्टीलाई लोकप्रिय बनाएको थियो ।

तर, राजनीतिक विश्लेषकहरूका अनुसार फेउ थाई पार्टीको नेतृत्व जोसुकैले सम्हाले पनि वास्तविक शक्ति र प्रभाव अझै पनि पार्टीका संस्थापक थाक्सिन सिनावात्रा र उनको राजनीतिक परिवारकै वरिपरि केन्द्रित रहनेछ । थाक्सिन र उनका समर्थकहरू दशकौँदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गका प्रमुख प्रतिद्वन्द्वी बनेका छन् ।

उनीहरूले अघि सारेको ‘लोकप्रियतावादी नीति’ लाई देशका परम्परागत अभिजातहरूले आफ्नो सामाजिक संरचनामा चुनौतीका रूपमा लिएका छन् । सन् १९९० को दशकको अन्त्यतिर थाक्सिनले फेउ थाईको पूर्वरूपको रूपमा रहेको थाई रक थाई पार्टी स्थापना गरेका थिए ।

तर सन् २००६ मा सैनिक विद्रोहपछि उनलाई प्रधानमन्त्री पदबाट हटाइयो र त्यसपछि लामो समय विदेश निर्वासनमा रहे । हाल ७६ वर्षीय थाक्सिन सिनावात्रा भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल सजाय काटिरहेका छन् । यद्यपि, उनको राजनीतिक प्रभाव र लोकप्रियता अझै पनि थाइल्यान्डको जनमत र सत्तारूढ दलको निर्णय प्रक्रियामा गहिरो रूपमा प्रतिविम्बित भइरहेको देखिन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ३० बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान