बञ्चरेडाँडाका स्थानीयले भने- सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न दिदैनौँ | Khabarhub Khabarhub

बञ्चरेडाँडाका स्थानीयले भने- सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न दिदैनौँ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने बताएका छन् । 

शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफलका क्रममा उनीहरूले आफूहरूसँग पटक–पटक सहमति गरे पनि कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिने जनाएका छन् । 

उनीहरूले सहमति कार्यान्वयनका लागि काठमाडौं महानगरका प्रमुख, उपप्रमुख, शहरी विकास मन्त्रीका साथै अर्थ मन्त्रालयको प्रतिनिधिसँग वार्ता गर्ने जनाएका छन् । स्थानीयको अडानका कारण छलफल बिना निष्कर्ष सकिएको छ ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले छलफलबाट समस्याको समाधान गर्ने भन्दै फोहरका गाडीलाई अवरोध नगर्न आग्रह गरेका थिए ।

२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै सो क्षेत्रका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका छन् ।

सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने उल्लेख थियो । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ४० बजे

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग