जब झलनाथले बोल्दा बोल्दै माइक काटियो… « Khabarhub

जब झलनाथले बोल्दा बोल्दै माइक काटियो…


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्मानित नेता झलनाथ खनालसहितको विरोध र फरक मतका कारण तीन दिनसम्म बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँग एकताको ठोस निर्णय गर्न सकेन ।

अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता गरेरै जाने घोषणा गरे पनि बैठकले उक्त निर्णयको जिम्मा सचिवालयलाई दिएको छ।

अब सचिवालय बैठक डाकेर नेकपा मा‌ओवादी केन्द्रसँग एकताको निर्णय गर्ने तयारी अध्यक्ष नेपालले गरेका छन् ।

तर, अध्यक्ष नेपालको यो प्रस्तावमा सम्मानित नेता खनालले कडा असहमति राखे । उनीसहित करिब ३० प्रतिशत नेताहरू एकताको विपक्षमा उभिए।

शुक्रबार अन्तिम दिन बैठकमा अध्यक्ष नेपाल र वरिष्ठ नेता वामदेव गौतमसहितले लामो सम्बोधन गरे ।

सम्बोधनका क्रममा नेपाल र गौतम एकताको पक्षमा देखिँदा खनालले फरक मत राखिरहे । उनले यो बैठकमा ३० पृष्ठ लामो फरक मतसमेत राखेका थिए ।

अध्यक्ष नेपालले एकता जाने घोषणासहित अब त्यसको निर्णय सचिवालयले गर्ने भनेपछि अन्तिममा सम्मानित नेता खनाल बोल्न खोजे ।

तर उनले केही कुरा राख्न नपाउँदै माइक काटियो । माइक काटिएपछि बैठकमा खैलाबैला हुन पुग्यो । ‘मैले तपाईंहरूसमक्ष ३० पृष्ठको मत राखेको छु…’, खनालले यति भनिनसक्दै माइक काटिएपछि हलबाट विरोध पनि भयो ।

बैठकमा सहभागी केी केन्द्रीय सदस्यले झलनाथ बोल्दा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको भन्दा खराब काम गरेको भनेर तत्कालै विरोध पनि जनाए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ५२ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण