झलनाथ–घनश्याम पक्षले शनिबार छुट्टै भेला गर्ने « Khabarhub

झलनाथ–घनश्याम पक्षले शनिबार छुट्टै भेला गर्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल लगायतका नेताले छुट्टै भेला गर्ने भएका छन् । पार्टी अध्यक्ष माधव नेपाल लगायतका नेताहरु माओवादी केन्द्रसँगको एकताका लागि अघि बढेपछि झलनाथ खनाल पक्ष शनिबार दिउँसो एक बजे छुट्टै बैठक गर्ने भएको हो ।

सम्मानित नेता खनालका अनुसार कुनै पनि हालतमा उनीहरू माओवादीसँगको एकताको पक्षमा छैनन्। ‘बोल्न नदिकन नै एकल निर्णय गरिएको छ। मैले ३० बुँदा लामो फरक मत प्रस्तुत गर्न खोजेको थिएँ त्यो पनि पाइन,’ खनालले खबरहरूलाई भने, ‘भोलि १ बजेपछि साथीहरूसँग बैठक गरेर थप कुरा के गर्ने भन्ने निर्णय गर्नेछौं । हामी यही पार्टी अगाडि बढाएर जान पनि सक्छौं र नयाँ पार्टी बनाउन पनि सक्छौँ। तर माओवादीसँग मिल्ने कुरा अहिले ठिक छैन।’

नेकपा एकीकृत समाजवादीको तीन दिन लामो बसेको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकता गर्ने विषयमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ। तर यसको सम्पूर्ण जिम्मेवारी सचिवालयलाई दिइने भन्दै बैठक टुङ्गिएको छ।

त्यसपछि सम्मानित नेता खनाल महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री विजय पौडेल जीवराम श्रेष्ठ लगायतका नेताहरु एकताको विपक्षमा छन् ।

यस्तै पोलिट ब्युरो सदस्य अशोक घिमिरे दामोदर अर्याल लक्ष्मण लम्साल, शिव भण्डारी,अब्दुल हुसेन, महेश रेग्मी र धर्म निरौला एकताको विपक्षमा छन् ।

यता केन्द्रीय सदस्य आरती लामा पनि माओवादीसँग एकता गर्नु नहुने पक्षमा छिन्। भोलिको भेलामा को को नेताहरू उपस्थित हुन्छन् त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : २२ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी