‘औँला ठड्याउँदै राष्ट्रपतिले तिमी प्रधानमन्त्री बनिनौ भने राष्ट्रघाती भन्दिन्छु भन्नुभो’ « Khabarhub

‘औँला ठड्याउँदै राष्ट्रपतिले तिमी प्रधानमन्त्री बनिनौ भने राष्ट्रघाती भन्दिन्छु भन्नुभो’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार ढलेर अहिले सुशीला कार्की नेतृत्वको सरकार बनेको छ।

जेनजी आन्दोलनमा थुप्रै युवायुवतीले ज्यान गुमाएपछि ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकमाथि धेरैले आक्रोश पोखे। जेनजी आन्दोलनपछि उग्र बनेको भिडले उनीहरुलाई निशाना बनाएपछि नेपाली सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा सारेको थियो।

ओली नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकारको नेतृत्वको खोजी भयो। त्यही बीचमा जेनजी प्रतिनिधिबाटै कार्कीको नाम प्रस्ताव भयो। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई टेलिफोन गरेर प्र्धानमन्त्रीको तयारी गर्न भनेको जानकारी कार्कीले नै शुक्रबार दिइन्।

शुक्रबार सम्पादकहरुसँग छलफल गर्दै कार्कीले प्रधानमन्त्री नबन्ने भए राष्ट्रघाती भन्ने चेतावनी दिइको पनि बताइन्।

प्रधानमन्त्री बन्न आएको प्रस्तावबारे यस्तो छ कार्कीको भनाइ
‘म त प्रधानमन्त्री हुन तयारै थिइनँ। मेरो बुढो र मेरो लन्डन जाने टिकट थियो ४ असोजको। जेनजी आन्दोलनमा एक जना आफन्तले गोली खायो भनेपछि बुढाले म त सक्दिनँ, तिमी सिभिल अस्पताल जाउ भने। म अभिषेकलाई लिएर त्यहाँ पुग्दा भतिजो त्यहाँ थिएन । ऊ केएमसीमा रहेछ।

त्यही बेला जताततै गोली खाएका केटाकेटी देखें। एउटाले रुँदै भन्यो, ‘साथीसँग अँगालो मार्दै आन्दोलनमा गएको। उसले मेरै अघि गोली खायो । यहाँ ल्याइपुर्याउँदा प्राण गयो।’ त्यो दिनको भयावह अवस्था देख्दा जोकोही आक्रोशित हुन सक्थ्यो। म पनि आक्रोशित थिएँ । अरु सबैजना रोइरहेका थिएँ। म पनि रोएँ।

बाहिर पत्रकार थिए, मलाई सोधिहाले मैले ज्यानमारा सरकारविरुद्ध कडा बोलें। मलाई के थाहा, आफन्त हेर्न अस्पताल जाँदा देखेको दृश्यले मलाई जेनजीकी आमा बनाइदेला भनेर! त्यसपछि सबैतिर मेरो खोजी सुरु भयो। शीतल निवासमा बोलाइयो। राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो, ‘सबैतिर तिम्रो खोजी भएको छ। प्रधानमन्त्री बन्ने तयारी गर।’

‘म त बन्दिनँ, मलाई चाख छैन,’ उहाँलाई भनें। मलाई मेरा श्रीमान् दुर्गाले पनि प्रधानमन्त्री नबन बन्नुभएको थियो। मैले उहाँलाई त्यही घरसल्लाह सुनाएँ।

राष्ट्रपतिले निकै जोड गर्दा पनि मैले बन्दिनँ भनेपछि उहाँ थरथरथर गर्दै उभिनुभयो र औंला देखाउँदै भन्नुभयो, ‘यस्तो संकटका बेला पनि प्रधानमन्त्री बनिनौ भने म तिमीलाई राष्ट्र बचाउन नलागेको भनेर राष्ट्रघाती भन्दिन्छु। भोलि नै मिडिया बोलाएर म तिमीलाई राष्ट्रघाती भन्दिन्छु, त्यसपछि म प्रधानमन्त्री बनें।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : २२ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको