सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका १० फिल्मको व्यापार विजोग « Khabarhub

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका १० फिल्मको व्यापार विजोग

नेपालमा विदेशी फिल्मको व्यापार कस्तो ?


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर १९ सम्म नेपाली हलहरूमा स्वदेशी र विदेशी गरी १५४ वटा फिल्म प्रदर्शनमा आएका छन् ।

यो वर्ष नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘परान’ बनेकाे छ । प्रदर्शनरत यस ब्लकबस्टर फिल्मको व्यापार १७ करोड ६८ लाख छ । ‘परान’ले ग्रस कलेक्सनको मामलामा विदेशी फिल्मलाई पनि पछि पारेको छ ।

नेपाली बक्स अफिसमा दोस्रो र सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्म भने ‘कान्तारा’ हो । दक्षिण भारतीय यस फिल्मले १२ करोड ३६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

धेरै व्यापार गर्ने नेपाली फिल्म

यो वर्ष प्रदर्शनमा आएका चार नेपाली फिल्महरू ‘एञ्जिला’, ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले राम्रो व्यापार गरेका छन् ।

‘जेरी अन टप’ले १२ करोड २९ लाख, ‘ऊनको स्वीटर’ले ११ करोड ४३ लाख र ‘एञ्जिला’ले ८ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेका छन् ।

यो वर्ष १० करोड ग्रस कलेक्सन गर्ने फिल्म दिने चल्तीका नायकहरू विपीन कार्की र अनमोल केसी हुन् ।

विपीन ‘ऊनको स्वीटर’ र अनमोल ‘जेरी अन टप’का नायक हुन् । अनमोलको करिअरको हिट फिल्म यही हो । ‘महँगा नायक भए पनि हिट फिल्म दिन नसक्ने’ भन्ने आलोचना खेप्दै आएका उनले यो वर्ष राहत पाएका छन् ।

यी स्टारलाई सुखद बनेन सन् २०२५

स्टार नायक प्रदीपको यो वर्ष दुई फिल्म ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ प्रदर्शनमा आए । व्यापारिक रुपमा सन् २०२५ प्रदीपका लागि सुखद भएन । १ करोड ग्रस कलेक्सन गरेको ‘एक्टर : टेक वान’ सुपर फ्लप भयो ।

प्रदीपले ‘पिताम्बर’मा ‘एक्सन जनरा’मा प्रयोग गरेका थिए । उनलाई यस जनरामा दर्शकले अस्वीकार गरे । फिल्मले मात्रै ४ करोड ६६ लाख व्यापार गर्‍यो । प्रदीपका दुवै फिल्मले लगानी उठाउन सकेनन् । अर्का उदीयमान कलाकार र भावी स्टारका रुपमा हेरिएका समीर भट्टका लागि पनि यो वर्ष स्मरणयोग्य रहेन ।

उनको दोस्रो फिल्म ‘बलिदान’ फ्लप भयो । ५ करोडभन्दा बढी लगानी दाबी गरिएको यो फिल्मको ग्रस कलेक्सन ५ करोड ११ लाख छ ।

डेब्यू फिल्म ‘१२ गाउँ’ हिट भएपछि अनमोल र प्रदीप जस्ता स्टारको स्थानमा पुग्न सक्ने नायकका रुपमा हेरिएका समीरको करिअरमा धक्का लागेको छ ।

सन् २०२५ मा सबैभन्दा बढी ११ फिल्म दिने नायक दयाहाङ राई हुन् । उनी सात फिल्महरू ‘जारी २’, ‘रिमै’, ‘वरिष्ठ बलराम’, ‘महाभोज’, ‘एञ्जिला’, ‘दुखी आत्मा’ र ‘कर्साङ’मा केन्द्रीय भूमिकामा छन् ।

‘राजागञ्ज’–‘पिताम्बर’ मा उनी मुख्य भूमिकामा छन् भने २ फिल्महरू ‘मैझारो’ र ‘भुठान’मा अतिथिकाे भूमिकामा छन् ।
उनको १० वटा फिल्मले लगानी सुरक्षित गर्न सकेनन् । ‘एञ्जिला’ले भने लगानी सुरक्षित गरेको पाइन्छ । हिट फिल्म सिक्वेल ‘जारी २’ पनि चलेन, जुन हिट हुन सक्ने धेरैको विश्लेषण थियो ।

यो वर्ष दोस्रो धेरै फिल्म दिने नायक सौगात मल्ल हुन् । उनले ५ फिल्म दिए । उनका कुनै पनि फिल्म हिटको सूचीमा पर्न सकेनन् ।

‘सिटामोल’, ‘जन्ते बाख्रो’ र ‘जार’मा उनी शीर्ष भूमिकामा थिए । ‘पिताम्बर’ र ‘बलिदान’मा उनी मुख्य भूमिकामा थिए ।
महानायक राजेश हमालका लागि पनि यो वर्ष सुखद रहेन । ‘नरसिंहा : अभतार’बाट कमब्याक गरेका हमालले पनि हिट फिल्म दिन सकेनन् । यस फिल्मको ग्रस कलेक्सन १ करोड ८३ लाख छ ।

गायक प्रकाश सपुतले यो वर्ष फिल्म निर्देशनमा डेब्यू गरे, तर सफल भएनन् । उनको लेखन र निर्देशनमा डेब्यू रहेको फिल्म ‘वसन्त’ फ्लप भयो ।

उनको अभिनय रहेको अन्य तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘सोल्टिनी’ र ‘माइतीघर’ पनि फ्लप भए ।

हिट फिल्म दिने नायिकाहरु

नायिका मिरुना मगर र जशिता गुरुङ यो वर्ष हिट फिल्म दिने नायिकाहरु हुन् । मिरुनाको अभिनय रहेको फिल्म ‘ऊनको स्वीटर’ हो । ‘जारी २’ र ‘महाभोज’बाट भने उनले फ्लप अनुभव गर्नुपर्‍यो ।

त्यस्तै, जशिताले हिट फिल्म ‘जेरी अन टप’ दिएकी हुन् । यो वर्ष उनले अभिनय गरेको एक मात्रै फिल्म यही हो ।

हजारमा व्यापार गर्ने नेपाली फिल्म

सन् २०२५ मा प्रदर्शनमा आएका तीन नेपाली फिल्म डिजास्टर फ्लप भएका छन् । सबैभन्दा कम व्यापार गर्ने नेपाली फिल्म ‘एक्टर’ हो । जसको ग्रस कलेक्सन मात्रै ३० हजार ४३५ रुपैयाँ छ ।

‘हेलो काँशीराम’ले ३५ हजार ८०० र ‘चिठ्ठी’ ले ९४ हजार ४०० ग्रस कलेक्सन गरेको छ ।

धेरै व्यापार गर्ने विदेशी फिल्म

यो वर्ष नेपाली हलमा लागेका तीन भारतीय फिल्महरूले नेपाली दर्शकबाट राम्रो साथ पाएका छन् । नेपाली बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने विदेशी फिल्म कान्तारा हो ।

दोस्रो पनि भारतीय फिल्म नै रहेको छ । ‘सैयारा’ले १० करोड २० लाख ग्रस कलेक्सन गरेको छ ।

यी दुई फिल्मको व्यापार उच्च हो । नेपाली सुपरहिट फिल्मको ग्रस कलेक्सन बराबर तिनको व्यापार छ ।

सबैभन्दा कम व्यापार गर्ने पनि भारतीय फिल्म नै छ । फिल्म ‘नारी शक्ति’को जम्मा ४५ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन ४ हजार १५० छ ।

त्यस्तै, प्रदर्शनरत भारतीय फिल्म ‘धुरन्धर’ले ९ करोड १३ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ९ : ५१ बजे

०६२-०६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन हुन्छ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद

जुम्लामा नौ हजार घरधुरीमा विद्युत्को पहुँच

जुम्ला– जुम्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तहका