तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी « Khabarhub

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो ।

अभियानका क्रममा राक्सिराङ गाउँपालिका– १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका– १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिमखेती फडानी गरी नष्ट गरिएको हो । गाँजा फडानी अभियानलाई निरन्तरता दिइने बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ९ : ०४ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल