बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त « Khabarhub

बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलप्रति कटाक्ष गरेका छन् ।

थापाले हिजो (मङ्गलबार) काठमाडौंमा भएको एक कार्यक्रममा मुलुकलाई संकटबाट जोगाउन कांग्रेस–एमाले एक भएर निर्वाचनमा जानुपर्ने धारणा राखेको प्रति सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै बास्कोटाले समानुपातिक सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न चुनौती दिएका हुन् ।

उनले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक समानुपातिक कोटामा बसेको भन्दै थापाको आलोचना गरेका हुन् । 

उनले लेखेका छन्– ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो ।अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले । समावेशिताकै बेइज्जत नगर के– त्यो पनि पुरुषले ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १० : ४८ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र