म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो « Khabarhub

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । 

जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको छ । यस वर्ष विभिन्न रोग र किराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले बताए। 

‘यस वर्ष मौसमले साथ दिएको हो । रोगकिरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ’, उनले भने, ‘एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।’

गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै बास्तोलाले यस वर्ष ४३० हेक्टर क्षेत्रफलमा १० दशमलव पाँच मेट्रिक टनका दरले चार हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको उल्लेख गरे ।

किसानको बगैँचाको नमूना अध्ययनका आधारमा प्रारम्भिक तथ्यांक निकालिए पनि सबै बगैँचाको सुन्तला बिक्री भइसकेपछि वास्तविक तथ्यांक संकलन गरिने कार्यालय प्रमुख बास्तोलाले बताए। यस वर्ष सरदर रु ६५ देखि ७० का दरले सुन्तला बिक्री भइरहेको छ । 

यस वर्ष सरदर प्रतिकिलो ७० देखि ७५ का दरले सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा प्रतिकिलो रु पाँच बढी मूल्य पाइएको किसानले बताएका छन् । 

म्याग्दीमा यस वर्ष उत्पादन हुने अनुमान गरिएको सुन्तलाको सरदर बिक्री मूल्य अनुसार रु ३१ करोड ६० लाख ५० हजार अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्लाको ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका प्रमुख बास्तोलाले जानकारी दिए । 

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनगायत बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : ४० बजे

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

जानकी– नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा– यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका