‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने « Khabarhub

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

निर्देशक मधुसुदन भट्टराईकै कथा रहेको यस फिल्मको मुख्य भूमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेललायतको अभिनय रहेको बताइएको छ ।

प्रसिद्धि सिने आर्टस् प्रालीको ब्यानरमा बनेको यस फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् ।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ५ : ३२ बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक