बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद « Khabarhub

बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स प्रहरीले बरामद गरेको छ । धनगढीबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसको डिक्कीबाट २८ बोरा सामान बरामद गरिएको हो ।

नागार्जुन नगरपालिका–४ बाफलमा गरिएको चेकजाँचका क्रममा २७ बोरामा ४० हजार ५ सय थान टेम्पर ग्लास र एक बोरामा १ सय थान एअरपड्स फेला परेको प्रहरीले जनाएको छ । बरामद सामानको अन्दाजी मूल्य १४ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ ।

बस चालक कञ्चनपुर बेलौरी नगरपालिका–६ का २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : २० बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज